नेपालमा गरीबी, अशिक्षा, कुरीति, कुसंस्कार, असमानता र सामाजिक न्यायको अभाव जस्ता कारणहरुले गर्दा समाजमा अल्पसंख्यक र सीमान्तकृत वर्ग खासगरी अपाङ्गता भएका(फरक किसिमले सक्षम) हरु माथि भेदभावका घटनाहरु घट्दै आएका छन् । फलस्वरुप समावेशी एवं न्यायपूर्ण समाजको निर्माणमा बाधा उत्पन्न भएको छ । नेपालको विकासको मूल आधारको रुपमा रहेको समावेशी समाजको निर्माण गर्न सबै वर्गको समान अधिकारलाई प्रवर्द्धन गर्नुपर्ने हुन्छ । तर, अल्पसंख्यक र सीमान्तकृत वर्ग खासगरी अपाङ्गता भएका (फरक किसिमले सक्षम) व्यक्तिहरु आर्थिक, सामाजिक तथा राजनैतिक विकासको प्रक्रृयाबाट अझै पछाडि रहेका छन् । जबसम्म स्वास्थ्य, शिक्षा , आर्थिक , राजनैतिक तथा प्रशासनिक आदि क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको समानुपातिक सहभागिता हुँदैन, जबसम्म उनीहरुले समानताका आधारमा अवसरहरु पाउँदैनन् तबसम्म दिगो विकास असम्भव छ । अपाङ्गता भएका (फरक किसिमले सक्षम) व्यक्तिहरुमाथि भएका भेदभावकै कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवीमा नकारात्मक असर पर्न सक्नेतर्फ हामी सबै सजग हुनुपर्दछ । नेपाली समाजमा हाल विद्यमान रहेको सवलाङग् र अपाङ्गता भएका (फरक किसिमले सक्षम) व्यक्तिबीचमा हुने भेदभावको अन्त्यका लागि तत्काल ठोस कदम नचाल्ने हो भने समस्याले अझ गम्भीर मोड लिनसक्ने कुरालाई नकार्न सकिदैन।
अपाङ्गता भएका व्यक्तिकालागि पहुँचयुक्त भातिक संरचना तथा सञ्चार सवा निदशिका – २०६९
अपा·ता क्षेत्रमा विद्यमान राष्ट्रिय तथा अन्र्राष्ट्रिय कानून एवं नीतिगत व्यवस्था
अनुरुप यस क्षेत्रमा रहेका विभिन्न अवरोधहरुलाई राज्यको तर्फबाट हटाउँदै गर्नुपर्ने दायित्वलाई
आत्मसात गर्दै अपा·ता भएका व्यक्तिकालागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार
सेवा निर्देशिका, २०६९ प्रकाशन गर्न लागेकोमा मलाई खुसी लागेको छ ।
सरल र स्पष्ट चित्र सहित सबैले बुझ्ने शैलीमा सम्बन्धित विषयवस्तुहरुको
संहितावद्ध संयोजन गरी तयार पारिएको प्रस्तुत “अपा·ता भएका व्यक्तिकालागि पहुँचयुक्त
भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९” ले यस क्षेत्रमा काम गर्ने
व्यक्ति, निकाय तथा स्वयं अपा·ता भएका व्यक्ति एवं तिनका परिवारलाई समेत अर्थपूर्ण
योगदान पु¥याउने छ भन्ने मैले विश्वास लिएको छु । यस निर्देशिका तयार गर्न मेहनत गर्ने
कार्यदल र विशेषगरी यसका संयोजकलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै आगामी
दिनमा पनि यस मन्त्रालयले यस्तै प्रकारका उल्लेखनीय कार्य गर्दै जानेछ भन्ने विश्वास लिएको