+९७७-०१-५१६८९९९, +९७७-०१-५१६८०५७

About Us

Empowering lives through knowledge, resources, and support for the disability community in Nepal.

About Image

Who We Are

अपाङ्ता सम्वन्धी बिधुतिय पुस्तकालय (Digital Library on Disability) के हो ?
अपाङ्गता के हो ? अपाङ्गतालाई कसरी बुझ्ने भन्ने, अपाङ्गता भएका ब्यक्तिहरुका सवालमा के कस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, ऐन, नियमावली, लगायतका बिबिध बिषय बस्तु जानकारी लिनकालागि बनाईएको यस प्लेटफमलाई हामी अपाङ्ता सम्वन्धी बिधुतिय पुस्तकालय (Digital Library on Disability) भन्दछौ । यस पुस्तकालय बागमति प्रदेश सरकार र तारकेश्वर नागरपालिको सहयोगमा अपाङ्गता मानव अधिकार प्रवर्धन समाज निर्माण गरेको हो ।
एक्काईसौ सताव्दिको सूचना प्रविधिको युगमा यस बिधुतिय पुस्तकालय पुस्तकालयले अपाङ्गता सम्बन्धी सूचनाको पहुँचलाई समावेशी र न्यायोचित बनाउन ठूलो योगदान दिन्छ । अपाङंगता सम्वन्धि कुनै पनि ज्ञान लिन भौगोलिक दूरी, स्रोतको अभाव, वा पहुँचको सीमाका कारण जानकारीबाट टाढा रहनुपर्ने अवस्थालाई हटाउने यो प्रमुख माध्यम हो ।
संघियता लागु भए पश्चात स्थनिय निकायमा भएको अपाङ्गता स्वन्धि सूचना तथा जानकारीको अभावलाई कम गर्न यो पहल गरिएको हो । यस पुस्तकालयले स्थानिय निकाय लाई मात्र नभएर समग्र अपाङ्गता क्षेत्रमा अध्ययन अनसन्धान गर्न चाहने सवै अध्यताले लाभ लिन सक्नु हुने छ ।

अपाङ्ता सम्वन्धी बिधुतिय पुस्तकालय (Digital Library on Disability) किन ?
नेपालको संविधान २०७२ जारी हुनु अगाडी नेपालको शासन व्यवस्था एकात्मक रहेको थियो । नयाँ संधान जारी संगै देश संघियताको मार्गमा अगाडी बढ्यो । राज्यले एकात्मक शासन ब्यवस्थाबाट संघात्मक शासन ब्यवस्था अंगिकार गर्यो । संविधान र स्थानिय शासन ऐन २०७४ अनुसार संघिय सरकारले शासन व्यवस्था क्रमश स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गर्यो । शासन व्यवस्था हस्तान्तरण गरेपनि संघमा भएको ज्ञान शिप लाई अझै पनि पुर्ण रुपमा हस्तान्तरण गर्न सकेको अस्था छैन । स्थानीय तहमा अपाङ्गताको बारेमा पर्याप्त ज्ञान नभएको कारणले गर्दा अपाङंगता भएका व्यक्तिलाई सेवा प्रदान गर्न र अपाङ्गता ब्यवस्थापन गर्न निकै कठिनाई भईरहेको अवस्था छ । त्यति मात्रै नभएर अपाङ्गता सम्वन्धी सूचना तथा जानकारीमुलक बिषय बस्तु एकै स्थानबाट प्राप्त गर्न नसकेको कारणले गर्दा प्रज्ञिक क्षेत्रमा पनि यो चाख वा बहसको बिषय बन्न सकेको छैन ।
त्यसैले बिधमान अपाङ्गता सम्वन्धी सूचना तथा जानकारीका सवालमा भएको खाडललाई पुर्ति गर्न यो पुस्तकालय निर्माण गर्ने प्रयास गरिएको हो । यस पुस्तकालयले अपाङ्गता सम्बन्धी ज्ञान उत्पादन तथा प्रवाहमा सहजीकरण गर्दै वकालत, शिक्षा, जागरुकता, नीति निर्माण, तथा अधिकार संरक्षणमा सकारात्मक प्रभाव पार्ने छ । साथै अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण, अपाङ्गता समावेशी स्थानिय सरकार निर्माणमा एउटा महत्वपूर्ण भूकिका खेल्ने छ ।
अपाङ्ता सम्वन्धी बिधुतिय पुस्तकालय (Digital Library on Disability) को मुख्य उद्देश्य के हो ?
यस पुस्तकालय स्थापन गर्नुका निम्न मुख्य उद्देश्य रहेका छन् ।
स्थानिय निकाय र सरकारी अधिकारीहरूलाई अपाङ्गता सम्बन्धी कानूनी प्रावधान, सेवा र सुविधाबारे जानकारी पुर्याउने ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि उपलब्ध सरकारी र गैरसरकारी सेवाहरूको पहुँचमा वृद्धि गर्ने सूचना तथा जानकारी प्रवाह गर्ने ।
सरोकारवालाहरुको अनलाइन तालिम र स्वअध्यान सामग्रीमार्फत क्षमता अभिवृद्धि गर्ने।
डिजिटल पहुँच र समावेशीकरणलाई प्रवर्द्धन गर्ने।
सरोकारवालाहरुबीच अनुभव, ज्ञान र सफल अभ्यासहरुको आदानप्रदान गर्ने मञ्च प्रदान गर्ने ।
अपाङ्गता समावेशि बिकासको अभियानमा योगदान गर्ने
तीन तहका सरकारका कार्यक्रमलाई सूचना प्रविधिको प्रयोग गरि प्रवर्द्धन गर्ने ।
अपाङ्ता सम्वन्धी बिधुतिय पुस्तकालय (Digital Library on Disability) मा के कस्ता बिषयहरु समावेश हुनेछन् ?
बिधुतिय पस्तकालय सञ्चालन गर्ने भन्ने बिषय त्यति सजिलो बिषय होईन किनकी यसमा सामाग्रि राखेर मात्रै हुदैन । यसमा समावेश भएका समाग्रीहरु स्तरीय सरोकारवाल र उपभोक्ता केन्द्रित हुनु पर्दछ । त्यति मात्रै नभएर सवैकालागि पहुँचयुक्त हुनु पर्दछ । यि सवै प्राविधिक आर्थिक पक्षलाई मध्यनजर गर्दै हाल हामी निम्न बिषय बस्तुलाई मात्र समावेश गरिएको छ ।
अपाङ्गतासँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून, नीति तथा निर्देशिकाहरु
अपाङंगता पहिचान अपाङ्गता परिचयपत्र वितरण निर्देशिका ।
अपाङ्गता भएका व्यक्तिहरुलाई उपलब्ध सेवा-सुविधाहरु तथा सेवा-सुविधा प्राप्त गर्ने प्रक्रिया र आवश्यक कागजातहरु बारे जानकारी
अपाङ्गता समावेशी विकास सम्बन्धी अध्ययन सामाग्री
अपाङ्तामा सवालमा स्व-अध्ययन मोड्युलहरु
स्थानिय स्तरमा आवश्यक पर्ने तालिम सम्वन्धि प्रस्तुतीहरु
अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ-संस्था तथा उपयोगी लिङ्हरु
विशेषज्ञहरुको नेटवर्क र परामर्श सेवा





के यो अपाङ्ता सम्वन्धी बिधुतिय पुस्तकालय (Digital Library on Disability) पुर्ण रुपमा पहुँच युक्त हुने छ ?
पक्कै पनि यो पुस्तकालय सवैलाई पहुँच हुने गरि निर्माण गरिने छ । यस पुस्तकालय सवैलाई पहुँचु युक्त होस भनि पहुँचयोग्य वेब प्लेटफर्म विकास (WCAG 2.1) मापदण्ड अनुरुप नै निर्माण गरिने छ। डिजिटल पुस्तकालयको विशेषता भनेको यसमा रहेका सामग्रीहरू अडियो फाइल, ब्रेल फर्म्याट, स्क्रीन रिडर अनुकूल पीडीएफ, भिडियो तथा अन्य पहुँचयोग्य स्वरूपमा उपलब्ध हुनु हो, जसले दृष्टिविहीन वा पढ्न गाह्रो हुने व्यक्तिहरूका लागि समेत सहज पहुँच सुनिश्चित गर्नु नै हो ।
यस बिधुतिय पस्तकालयले के उपलव्धि हासिल गर्दछ ?

Our Mission

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र सेवा-सुविधाहरुबारे सचेतना अभिवृद्धि
स्थानीय निकायहरुको सेवा प्रवाह क्षमतामा सुधार
अपाङ्गता भएका व्यक्तिहरुको सेवा-सुविधामा पहुँच वृद्धि
नीति निर्माता र कार्यान्वयनकर्ताहरुमा अपाङ्गता समावेशी दृष्टिकोण विकास
अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवालाहरुबीच समन्वय र सहकार्य
सेवा प्रवाहमा एकरुपता र मापदण्ड विकास
मुख्य उद्देश्यहरू
समावेशीता
सबैका लागि पहुँचयोग्य र समावेशी डिजिटल पुस्तकालय निर्माण गर्ने।
सेवा पहुँच
अपाङ्गता भएका व्यक्तिका लागि अधिकार र सेवा सुविधामा पहुँच वृद्धि गर्ने।
क्षमता निर्माण
सरोकावालाहरुकै लागि तालिम र क्षमता अभिवृद्धि गर्ने।
Our Team
demo team
demo team
ceo
rabindra pant
rabindra pant
CTO