Skip to content
Accessible disability information for everyone
Government of Nepal Emblem

हाम्रो बारेमा

अपाङ्गता समावेशी विकास सम्बन्धी विद्युतीय पुस्तकालयः ज्ञान, सूचना, नीति, कानुन र अभ्यासलाई एउटै पहुँचयुक्त डिजिटल थलोमा जोड्ने अनलाइन ज्ञान केन्द्र।

बागमती प्रदेश सरकार र तारकेश्वर नगरपालिकाको सहयोगमा अपाङ्गता मानव अधिकार प्रवर्द्धन समाज (DHRPS) द्वारा निर्मित अपाङ्गता समावेशी विकास सम्बन्धी विद्युतीय पुस्तकालय ज्ञान, सूचना, नीति, कानुन, अनुसन्धान तथा अभ्यास, तालिमलाई एउटै पहुँचयुक्त डिजिटल थलोमा जोड्ने अनलाइन ज्ञान केन्द्र हो। Web Content Accessibility Guidelines (WCAG) का पहुँचयोग्यता सिद्धान्तलाई आधार बनाउँदै यस विद्धितिय पुस्तकालयमार्फत नेपालमा अपाङ्गता सम्बन्धी महत्वपूर्ण स्रोत सामग्रीहरू विभिन्न निकाय र संस्थाहरूको पहुँचयुक्त नभएका वेबसाईटहरुमा छरिएर रहेका कारण आवश्यक जानकारी खोज्न र प्रयोग गर्न हुने कठिनाइलाई सम्बोधन गर्न खोजिपको हो । यस पुस्तकालयमार्फत अपाङ्गता भएका व्यक्ति, परिवार, शिक्षक, विद्यार्थी, अनुसन्धानकर्ता, सेवा प्रदायक, स्थानीय तह, नीति निर्माता, विकास साझेदार तथा अन्य सरोकारवालाहरूले आवश्यक जानकारी र स्रोत सामग्री सजिलै खोज्न, पढ्न, सिक्न र प्रयोग गर्न सक्नेछन्।

 

यो पुस्तकालय कसका लागि हो?

यो डिजिटल लाइब्रेरी सबैका लागि खुला ज्ञान स्रोत हो। विशेषगरी अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार, अपाङ्गता भएका व्यक्तिका संस्था, शिक्षक तथा शैक्षिक संस्था, स्थानीय तह तथा सरकारी निकाय, नीति निर्माता, सेवा प्रदायक, स्वास्थ्य तथा पुनर्स्थापना क्षेत्रका व्यक्ति, विद्यार्थी, अनुसन्धानकर्ता, विकास साझेदार, गैरसरकारी संस्था, सञ्चारकर्मी तथा अपाङ्गता र समावेशी विकासमा रुचि राख्ने सबैका लागि यो उपयोगी स्रोत केन्द्रका रूपमा विकास गरिएको हो।

 

यहाँ के पाइन्छ?

डिजिटल लाइब्रेरीमा अपाङ्गता तथा समावेशी विकाससँग सम्बन्धित विभिन्न प्रकारका स्रोत सामग्रीहरू उपलब्ध छन्।

  1. नीति, कानुन तथा अधिकार
  2. नेपालको संविधान, अपाङ्गता सम्बन्धी ऐन तथा नियमावली, नीति, कार्यविधि, निर्देशिका तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (UNCRPD) लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजहरू।
  3. अनुसन्धान तथा प्रकाशन
  4. अनुसन्धान प्रतिवेदन, अध्ययन, सर्वेक्षण, तथ्याङ्क, पुस्तक, जर्नल, लेख तथा अन्य ज्ञानमूलक प्रकाशनहरू।
  5. तालिम तथा सिकाइ सामग्री
  6. स्व-अध्ययन सामग्री, तालिम मोड्युल, मार्गदर्शिका, प्रस्तुतीकरण, सिकाइ सामग्री तथा क्षमता विकाससँग सम्बन्धित स्रोतहरू।
  7. अडियो–भिडियो तथा डिजिटल सामग्री
  8. अडियो, भिडियो, इन्फोग्राफिक्स, सफलताका कथा, असल अभ्यास तथा अन्य डिजिटल ज्ञान सामग्रीहरू।
  9. कार्यक्रम तथा सेवा सम्बन्धी जानकारी
  10. सङ्घ, प्रदेश तथा स्थानीय तहबाट अपाङ्गता भएका व्यक्तिहरूका लागि उपलब्ध नीति, कार्यक्रम, सेवा, सुविधा तथा अवसरसम्बन्धी जानकारी।